उर्लाबारी । मोरङको उर्लाबारीमा भेट्रान फुटबल प्रतियोगिता सुरु भएको छ । उर्लाबारी भेट्रान फुटबल क्लबको आयोजनामा उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयको खेल मैदानमा आजदेखि प्रथम उर्लाबारी भेट्रान फुटबल प्रतियोगिता सुरु भएको हो ।
उद्घाटन खेलमा झापाको झिलझिले र लखनपुरबीच भएको छ । जसमा झिलझिले विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेको छ । खेलामा झिलझिलेले ४ गोल गरेको थियो भने लखनपुरले २ गोल गरे पनि हार टार्न सकेन । आजको खेलको म्यान अफ द म्याच झिलझिले भेट्रान्स फुटबल क्लबका खेलाडी कुमार गिरीले प्राप्त गर्नुभयो । प्रतियोगितामा १ नं। प्रदेशका १२ वटा टिमको सहभागिता रहेको छ । प्रथम हुने टिमले नगद ५१ हजार सहित ट्रफि र मेडल प्राप्त गर्ने छन् भने उपविजेताले ३१ हजार नगद सहित ट्रफि र मेडल प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष दिपक पोमुले जानकारी दिनुभयो । भोलिको खेलमा मिल्स भेट्रान्स, विराटनगर र विराट मेघा भेट्रान्स, विराटनगरबीच हुने आयोजकले जनाएको छ । उक्त खेलको उद्घाटन कार्यक्रममा उर्लाबारी नगरपालिकाका पूर्व नगरप्रमुख खड्ग फागो, उर्लाबारी वडा नं। ६ का वडाध्यक्ष चिन्तामणि पौडेल, ३ का वडाध्यक्ष भीष्मराज बुढाथोकी, ५ का वडाध्यक्ष  रविन लामा, जिल्ला फुटबल संघका अध्यक्ष सञ्जिब बुढाथोकीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन संचारकर्मी घनश्याम भण्डारीले गर्नु भएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय