काठमाडौं, राष्ट्रिय फुटबल टोलीका महिला र पुरुष खेलाडीले समान तलब पाउने भएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहिबार बसेको बैठकले महिला र पुरुष टोलीको तलब समान गर्ने निर्णय गरेको हो।

ncell
अब राष्ट्रिय महिला फुटबल टोलीका खेलाडीले मासिक १८ हजार रुपैयाँ पाउनेछन्। महिला खेलाडीको तलब ११ हजार रुपैयाँ वृद्धी भएको हो।

यसअघि महिला खेलाडीले मासिक ७ हजार रुपैयाँ बुझ्दै आएका थिए। पुरुष खेलाडीहरुको हकमा भने ३ हजार रुपैयाँ बढेको छ। पुरुष खेलाडीले यसअघि मासिक १५ हजार रुपैयाँ पाउने गर्थे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय