दमक । प्रदेश १ भलिबल संघको आयोजना तथा दमक नगर भलिबल विकास समितिको सहयोगमा १० दिने प्रदेश १ भलिबल ‘प्रशिक्षक प्रशिक्षण कार्यक्रम’ दमकमा शुरु भएको छ ।

बिहीवार (आज) बाट झापाको दमकमा शुरु भएको प्रशिक्षक प्रशिक्षण कार्यक्रम फागुन २० गते सम्पन्न हुने नेपाल भलिबल संघका केन्द्रिय उपाध्यक्ष मदन खड्काले जानकारी दिए ।

प्रदेश १ का १४ वटै जिल्लाबाट ४८ जनाको सहभागीता रहेको प्रशिक्षक प्रशिक्षण कार्यक्रमको सहजीकरण नेपाल भलिबलका पूर्व चिफकोच कपिलकिशोर श्रेष्ठले सहजीकरण गर्ने जनाइएको छ । भलिबल खेलाडीलाई प्रोत्साहन गर्दै खेलाडीलाई दक्ष बनाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।

प्रदेश १ भलिबल संघका अध्यक्ष खेम राईको अध्यक्षतामा भएको प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उदुघाटन प्रदेश नं. १ का सामाजिक विकासमन्त्री बुद्धिराज भण्डारीले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा खेलकूद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्ले, नेपाल भलिबल संघका केन्द्रिय उपाध्यक्ष मदन खड्काको बिशेष आतिथ्य रहेको थियो ।

स्वागत संघका प्रदेश उपाध्यक्ष बिरबल थापाले गरेको उद्घाटन कार्यक्रमको सञ्चालन संघका प्रदेश महासचिव लेखनाथ पराजुलीले गरेका थिए । कार्यक्रममा १ नं. भरिबल रेफ्री संघका संयोजक विनय राई, झापा जिल्ला खेलकूद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय