उर्लाबारी । नेपाल पत्रकार महासंघ मोरङको आयोजनामा र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा स्थानीय सञ्चार माध्यमको अवस्था र कृत्रिम बुद्धिमत्ता सम्बन्धि एकदिने तालिम विराटनगरमा सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथी आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लब अधिकारी रहनुभएको थियो । तालिमको उद्घाटन गर्दै मन्त्री अधिकारीले आधुनिक प्रविधिको प्रयोगले सञ्चार माध्यमको विकासमा महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो । उहाँले स्थानीय सञ्चार माध्यमको अवस्थालाई सुधार्न र पत्रकारिताको गुणस्तर वृद्धिका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । साथै, उहाँले मिडिया विधेयकलाई सदनमा लाने विषयमा पनि जोड दिनुभयो ।
तालिममा सहभागीहरुले स्थानीय सञ्चार माध्यमको वर्तमान अवस्था, चुनौतीहरु र कृत्रिम बुद्धिमत्ताको प्रयोगले ल्याउने सम्भावित परिवर्तनहरुका बारेमा विस्तृत छलफल गरेका थिए । कार्यक्रमले स्थानीय सञ्चार माध्यमलाई थप प्रभावकारी बनाउन नयाँ प्रविधिको प्रयोग र प्रशिक्षण आवश्यक रहेको निष्कर्ष निकालेको छ । तालिमले स्थानीय सञ्चारकर्मीहरुलाई नयाँ प्रविधि र कृत्रिम बुद्धिमत्ताको प्रयोगसम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्य राखेको थियो । सहभागीहरुले यस्तो प्रकारका तालिमले पत्रकारितामा गुणस्तरीय सुधार ल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । तालिममा मोरङ जिल्लाभरीबाट विभिन्न सञ्चार माध्यमका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय