उर्लाबारी। मोरङको उर्लाबारीमा पातन्जल योग समिति नगर समिति गठन भएको छ । उर्लाबारी ६ स्थित सिद्धेश्वर धाममा भएको कार्यक्रमका बीच गजेन्द्र दंगालको अध्यक्षतामा समिति गठन भएको हो ।

समितीको उपाध्यक्षमा ढुण्डुराज भट्टराई, सचिवमा बिष्णुकुमार कार्की, कोषाध्यक्षमा सम्झना खतिवडा आचार्य तथा सदस्यहरुमा निर्मला बास्कोटा चौहान, ममता बुढाथोकी, बन्धुकुमार निरौला,मित्रलाल ढकाल मुना सिग्देल, समिक्षा भन्डारी ,चन्द्र प्र दाहाल, मिनबहादुर धिमाल र तारा श्रेष्ठ रहनुभएको छ ।

कार्यक्रम उर्लाबारी नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी भण्डारीको प्रमुख आतिथ्यता तथा पातन्जल योग समिति मोरङका अध्यक्ष केदार रिजालको अध्यक्षतामा सम्पन्न भएको थियो । सो अवसरमा योगध्यानका विषयमा अन्र्तरक्रिया समेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय