उर्लाबारी । कम मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्दै आएको आइजोन इन्टरनेटले पूर्वी नेपालमा सञ्जाल फैलाउँदै आएको छ । मोरङको उर्लाबारीमा केन्द्रीय कार्यालय रहेको आइजोनले झापा, मोरङ र सुनसरीका गाउँ, शहरमा इन्टरनेट सेवा प्रदान गर्दै आएको प्रवन्धक निर्देशक नवीन श्रेष्ठले जानकारी दिनुभयो ।
मोरङको पथरीशनिश्चरे, हसन्दह, मधुमल्ला, रतुवामाई, विराटचौक, सुनसरीको इनरुवा, इटहरी, तरहरा, झापाको दमक, सुरुंगा, विर्तामोड, धाइजनमा शाखा सञ्चालनमा ल्याएको आइजोनले इलामको चुलाचुली र झापाको शिवसताक्षीमा पछिल्लो समय शाखा खोलेको छ । ७ हजारभन्दा बढी ग्राहक रहेको आइजोनले शाखासँग सेवा विस्तारको योजना अघि सारेको निर्देशक श्रेष्ठले बताउनुभयो ।
सधैँ सबैका लागि भन्ने उद्घोषका साथ अघि बढेको आइजोन इन्टरनेटमा नेट टिभी, टाइम व्याक सर्भिसलगायतका विशेषता रहेका छन् । पछिल्लो समय प्याकेजका रुपमा १ सय, २५० र ४५० एमवीपीएसको सेवा प्रदान गर्दै आएको छ । निर्देशक श्रेष्ठका अनुसार गुणस्तरलाई प्राथमिकता दिँदै सहुलियत दरमा सेवा प्रदान गर्दै आएको छ ।
आइजोनले सामाजिक उत्तरदायित्व अन्तर्गत पनि विभिन्न कार्य गर्दै आएको छ । उर्लाबारीका २० वटा सामाजिक संस्थालाई निःशुल्क इन्टरनेट प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय