उर्लाबारी । एसियन लाइफ इन्स्योरेन्स एजेन्सी कार्यालय मोरङको उर्लाबारीमा सञ्चालनमा आएको छ ।
एसियन लाइफ इन्स्योरेन्स पथरी शाखा अन्तरगत एजेन्सी कार्यालय उर्लाबारीमा सञ्चालनमा आएको हो । दमक शाखा प्रमुख शान्तिराम निरौला,पथरी शाखा प्रमुख रमेश प्रधान, नेकपा माओवादी केन्द्र उर्लाबारीका अध्यक्ष एबं सिद्धेश्वर शिब बाबा धामका अध्यक्ष गजेन्द्र दंगाललगायतको उपस्थितिमा उर्लाबारी–६ चित्ररेखा आयुर्वेदिक भएको भवनमा एजेन्सी कार्यालय सञ्चालनमा आएको एजेन्सी कार्यालय उर्लाबारीका प्रमुख बिष्णु कार्कीले जानकारी दिनुभयो । उर्लाबारी आसपासका क्षेत्रका बासिन्दाहरुलाई सहज रुपमा सेवा प्रवाह गर्ने उद्देश्यले उर्लाबारीमा एजेन्सी कार्यालय सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो । एसियन लाइफ इन्स्योरेन्स उत्कृष्ट बिमा कम्पनी रहेको उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!