उर्लाबारी । नेपाल बैँक लिमिटेड उर्लाबारी शाखाको निर्माण हुने नयाँ भवनको शिलान्यास गरिएको छ । बैँकका प्रादेशिक कार्यालय प्रमुख सुर्यप्रकाश भट्टले शिलान्यास गर्नुभएको हो ।
५ कट्ठा जग्गा क्षेत्रफलमा निर्माण हुने डेढ तले भवन १८ महिनामा निर्माण सम्पन्न हुनेछ । भवन गार्डेन र पार्किङसहित अत्याधुनिक बन्नेछ । भवन निर्माणको २ करोड ९३ लाख १६ हजार ४२९ मा प्रविण निर्माण सेवा दमकले ठेक्का लिएको हो ।
नेपाल बैँक लिमिटेड उर्लाबारी शाखामा ३२ सय जना ग्राहक रहेका छन् । यस शाखाले चालु आर्थिक वर्षमा ४० करोड कर्जा प्रवाह गर्ने बताउँदै शाखा प्रमुख रविप्रकाश चौधरीले नयाँ भवनबाट उर्लाबारीमै पहिलो पटक लकर सुबिधासहितको बैँकिङ सेवा प्रवाह गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय