उर्लाबारी—२ स्थित सुनपकुवा माध्यमिक विद्यालयले वार्षिकोत्सव तथा स्वर्ण उत्सव भव्य रुपमा मनाउने भएको छ ।

वि.सं.२०१४ सालमा स्थापना भएको उक्त विद्यालयले यहि मंसिर २४ गतेदेखि २६ गतेसम्म स्वर्ण महोत्सव तथा आफ्नो ६६औँ वार्षिकोत्सव २०७९ भव्य रुपमा मनाउने तयारी अन्तिम चरणमा पुगेको विद्यालयका प्रध्यानाध्यापक भुमीराज प्याकुरेलले बताए ।

उक्त अवसरमा विद्यालयले पूर्व विद्यार्थी शिक्षक तथा कर्मचारी पुनर्मिलन तथा सम्मान गरिने प्याकुरेलले बताए । यस्तै उक्त कार्यक्रममा विद्यालयलाई सहयोग पुर्याउने विभिन्न क्षेत्रका व्यक्तिहरुलाई समेत सम्मान गरिने कार्यक्रम रहेको उनले बताए ।

उक्त ऐतिहासिक कार्यक्रमको उद्घाटन प्रदेश नम्बर १का प्रदेश प्रमुख पर्शुराम खापुङ्ग द्वारा गरिने कार्यक्रम संचालक सचिवालय सदस्य डा. हरिबाबु दाहालले बताए ।

तिन दिनसम्म चल्ने उक्त कार्यक्रममा खेलकुद तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने सहभागिहरुलाई समेत सम्मान गरिने कार्यक्रम रहेको छ ।

विद्यालयले उक्त अवसरमा स्थानिय अभिभावक,सहयोगदाता, जनप्रतिनिधि, राजनितिककर्मी, पुर्वशिक्षक, पुर्व विद्यार्थी, पत्रकार एवम् सम्पुर्व शिक्षाप्रेमी महानुभावहरुलाई उपस्थितिका लागि आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय