काठमाडौं : कर णी गरेको अभियोगमा पक्राउ परेका नायक पल शाहलाई ५ दिन थप हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत तनहुँले ५ दिन थप हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

गत फागुन १५ गते पक्राउ परेका शाहलाई यसअघि नै दुई पटक म्याद थप भइसकेको छ । पछिल्लो पटक थप भएको म्याद आज सकिएको छ । मुद्दाको अनुसन्धान नसकिएको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँले म्याद थपका लागि सरकारी वकिलको कार्यालय मार्फत अदालत समक्ष पेश गरेको थियो ।

तनहुँ जिल्ला अदालतले दोस्रोपटक फागुन २२ गते १२ दिन थप समय दिएको थियो । तर, अनुसन्धान नसकिदैं नवलपुरमा दर्ता भएको कर णीको मुद्दामा अनुसन्धानका लागि फागुन २४ गते पल शाहलाई नवलपुर लगिएको थियो । जसले गर्दा तनहुँ प्रहरीले अनुसन्धानको बाँकी काम गर्न सकेको थिएन । नवलपुर लगिएका कारण थपिएको समयमा अनुसन्धान नसकिएको भन्दै प्रहरीले म्याद थपको लागि अदालतसँग अनुरोध गरेको थियो ।

पलसँगै उनका म्यानेजर कृष्णप्रसाद जोेशीलाई पनि थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
यता नवलपुर जिल्ला अदालतमा भने शाहविरुद्ध अभियोगपत्र दर्ता भइसकेको छ । तनहूँ प्रहरी हिरासतमै रहेका बेला नवलपुर लगिएको थियो । नवलपुर प्रहरीले उनीविरुद्ध अनुसन्धान गर्दै हिजो सरकारी वकिलको कार्यालय मार्फत जिल्ला अदालतमा अभियोगपत्र दर्ता गराएको हो ।

अभियोग पत्रमा शाहलाई १२ देखि १४ वर्ष जेल सयाजको माग दाबी गरिएको छ । अब तनहुँमा अनुसन्धान सकिएपछि थुनछेक बहसका लागि शाहलाई नवलपुर लगिनेछ ।

पल शाहको २ मिनेट ३५ सेकेन्डको त्यो अडियो
प्रहरीले अनुसन्धानको क्रममा प्राप्त हुन आएको पल शाहले बोलेको भनिएको २ मिनेट ३५ सेकेन्डको अडियो रेकर्ड पनि पेश गरेको छ।

अडियो रेकर्डको केही अंश अभियोग पत्रमा यस्तो उल्लेख छ-

….यसमा चाही के छ भनेसी यो यति ठूलो डिसिजन लिनु पर्छ नै भन्ने छैन किनभने उ प्रेगनेन्ट भाको भए …….मैले गर्दा प्रेगनेन्ट भएको भए …..समस्या भएको भए वा बच्चा भएको भए कुरा गर्न मिल्थ्यो……….बिहे गर्ने, स्वीकार्ने की नस्वीकार्ने अब गर्लफ्रेन्ड ब्वाईफ्रेन्डमा अरुको बाहिर हेर्नुस……अब अहिले यहि छ……. गर्लफ्रेन्ड ब्वाईफ्रेन्डमा अण्डरस्ट्याण्डिङमा भयो होला

……….हामी सँगै हुँदा केही भयो होला तर यति कुरामा एकदम राम्रो सेफ तरीकाले यति अण्डरस्ट्याण्डिङ हिसाबमा हुँदा पनि लास्टमा स्वीकार्नै पर्छ? विबाह गर्नै पर्छ ?…

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय