उर्लाबारी । झापाको अर्जुनधारास्थित शनिश्चरेमा रहेको लंका रिर्सोटमा यही भदौं ३१ गते ‘एकसेएक रनवे–२०२२’ को फाइनल हुने भएको छ ।
सेन्ट्रल फेसन हब उर्लाबारी र साहरा इन्टरटेन्मेन्ट धरानको संयुक्त आयोजनामा भएको यो फेसन शो अन्य फेसन शो भन्दा फरक रहेको आयोजक समितिका संयोजक जीवन चिमरियाले जानकारी दिनुभयो ।
प्रतिष्पर्धीहरुले ब्यवसायिक प्रायोजन, उत्पादन वा ब्यानरलाई पाँच फरक ऐतिहासिक, टुरिजम तथा आदिवासी स्थानमा एउटै विषयमा फोटोसुट मार्फत मोडलहरूलाई प्रतिस्पर्धा गराइएको छ । यो फेसन शोको ३ ठाउँमा अडिसन गरिएको थियो । बिर्तामोड, दमक र इटहरीमा गरिएको अडिसनमा ४५ जना युवतीहरुको सहभागीता रहेको थियो भने जसबाट ११ जना फाइनल चरणको लागि छनौट भएका थिए । यी ११ प्रतिष्पर्धी मोडलहरुबाट अन्तिम कार्य गर्दै फाइनल राउन्ड म्युजिकल फेसन रनवे शोबाट सहित गरिने जनाइएको छ । निमा तामाङ, वान्टेड ब्याण्डले विशेष प्रस्तुति दिने छ भने फाईनलमा यो शोका प्रतिष्पर्धीहरुले सेन्ट्रल फेसन हब उर्लाबारीका विद्यार्थी र अन्य फेसन डिजाइनरहरुको ड्रेसमा र्याम्पमा उत्रने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय