हेम गिरी, अमेरिका

लोकप्रिय अनि चर्चित गायक राजेश पायल राई अमेरिकाको कोलोराडो आइपुगेका छन् । GBCC र Creative Youths of Colorado को संयुक्त आयोजनामा अनि गंगा कोइराला एन्ड (Spire financial ) र ( R&A Homecare ) को मुख्य प्रायोजनामा हुन लागेको दसैँ तिहार सांगीतिक साँझ-२०२२ कार्यक्रममा प्रस्तुति प्रस्तुत गर्न आइपुगेका हुन् । गायक राईलाई डेन्भर अन्तराष्ट्रिय विमानस्थालमा आयोजक समितिका भिम राई, जगेन गौतम, सन्दिप भुजेल अनि राज क्षेत्रीले स्वगत गरेका थिए ।
अक्टोबर १ शनिबार बेलुका ५ बजे अमेरिकाको कोलोराडो स्थित अरोराको Aurora Central High School, 11700 E 11th Ave, Aurora, CO 80010 मा भव्य साँगीतिक कार्यक्रमको आयोजना हुन लागेको हो । हरेक वर्ष अमेरिकाको विभिन्न राज्यहरुमा दसैँ तिहार कार्यक्रमको लागि आइरहने राजेश पायल राई करिब ५ वर्ष पछि कोलोराडोमा आयोजना हुने कार्यक्रममा आइपुगेका हुन् । राई कोलोराडोमा अन्तिम चोटी सन् २०१६ मा आएका थिए । कार्यक्रममा गायक राईसँगै पप गायिका शशि रावल अनि स्थानिय कलाकारको पनि प्रस्तुति रहने छन् । सोम बरालको अध्यक्षतामा आयोजना हुने कार्यक्रम जागेन गौतम अनि अनु मोक्तानले संचालन गर्ने आयोजक समितिका संयोजक भिम राईले बताएका छन् ।कार्यक्रम सफल पार्नको लागि स्थानिया व्यवासायीहरुले गरेको सहयोगलाई धन्यवाद व्यक्त गर्दौ कार्यक्रममा उपस्थितिको लागि सबैमा संयोजक राईले अनुरोध गरेको छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय