काठमाडौँ : गायिका समीक्षा अधिकारीले आफ्नो जिन्दगीको कथा चलचित्रको कथाजस्तै भएको बताएकी छन् । सामाजिक संजालमा एक पोस्ट गर्दै उनले आफू गलत नभएको र चरित्रहीन छोरी पनि नभएको बताएकी हुन् ।

‘अगाडि बढ्न खोज्छु । मेरा पाइला पछाडि तानिन्छन् । मनभित्रको बह सुनाउन खोज्छु हाँसो र मजाकको पात्र बन्छु,’ उनले लेखेकी छन्, ‘आफ्ना नजरहरुलाई कहीँ कतै भुलाउन खोज्छु । तर जताततै अँध्यारो देख्छु । ए मेरो पनि भावना छ तपाईंको जस्तै । मेरो पनि मन छ तपाईंको जस्तै । आँसु झर्दा दुख्छ, पोल्छ ।’

उनले अगाडि बढ्न खोज्दा खुट्टा तान्नेहरु धेरै भएको पनि बताएकी छन् । उनले लेखेकी छन्, ‘कुनै पनि घटना कथावस्तुको वास्तविकता अर्कै हुन्छ । तर देखाउँदा त्यसलाई फरक ढङ्गले देखाइन्छ । अनि हेर्नेले बुझ्नेले पनि त्यसरी नै हेर्छन् र बुझ्छन् । अनि कसैलाई गालीको बर्सात हुन्छ त कसैलाई तालीको । चलचित्रको कथाजस्तै मेरो जिन्दगीको कथा पनि त्यस्तै छ । अगाडि बढ्न खोज्छु । मेरा पाइला पछाडि तानिन्छन् । ’

उनले मनभित्रको बह सुनाउन खोज्दा हाँसो र मजाकको पात्र बन्ने गरेको पनि गुनासो गरेकी छन् । ‘आफ्ना नजरहरुलाई कहिँकतै भुलाउन खोज्छु । तर जताततै अँध्यारो देख्छु । ए मेरो पनि भावना छ तपाईँको जस्तै । मेरो पनि मन छ तपाईँको जस्तै आशु झर्दा दुख्छ, पोल्छ । लाग्छ अब त मेरा हर कुरा अर्थहीन हुन जस्तो । म गलत छैन, म कुनै चरीत्र हीन छोरी होइन मेरो पनि परिवार छ तपाईँको जस्तै । पर्दामा देखिएका हरेक कुरा सही हुँदैनन् । सत्यता त मनमै अड्किएर बसेको हुन्छ ।’ सामाजिक सञ्जालमा कतिपयले आलोचना नगर्न नछाडेपछि उनले यस्तो बताएकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय