मोरङ । पहिलो नेपाल आइडल र सारेगमपकी सहभागी गायिका मेनुका पौडेलले दशैंको अवसरमा पारेर नवदुर्गाको भजन गीत सार्वजनिक गरेकी छिन् ।
युवा पण्डित कुबेर सुबेदी र गायिका पौडेलको स्वर रहेको उक्त भजन युट्बमार्फत सार्वजनिक भएको हो ।

घटस्थापना देखि दशैंको दिनसम्मलाई समेटिएर पहिलो पटक नवदुर्गाको भजन सार्बजनिक गरिएको गायिका पौडेलले जानकारी दिइन् । उक्त नवदुर्गा भजनमा संगीत राजु अधिकारीले दिएका छन भने संगीत संयोजक भुपु पाण्डेले गरेका छन् । त्यस्तै, शब्द स्वयम् कुबेर सुबेदीको रहेको छ । यसअघि पुरुषोत्तम मासको भजन समेत सुबेदीको निकै चर्चामा रहेको थियो । यो दुर्गा भजन भने पाऊ पाथीभरा माताको मन्दिरमा छायांकन गरिएको छ नवदुर्गासहित घटस्थापना देखि दशै सम्मका दिनहरूका महिमाहरू लाई समेटिएको हुनाले यस भजनमा विल्कुलै नयाँपन समेत रहेको छ । भिडियोमा हेर्नुहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय