उर्लाबारी । हङकङमा कार्यरत मोरङको उर्लाबारी–८ का कमल लिङ्थेपको निर्माणमा छेवाङ लामाको जात रिप्लाई भर्जन गीतको म्यूजिक भिडियो बनेको छ ।
निरा फिल्म वल्र्डको ब्यानरमा बनेको उक्त गीतमा कला सुप्तिहाङ राईको गायन र शब्द रहेको छ भने संगीत तथा सम्पादन कमल रानाको रहेको छ । रिप्लाई भर्जन गीतको म्यूजिक भिडियामा अपित नेपाल, विनिता गुईडे, सर्वजित भण्डारी, जमुना राईलगायत रहेको छ । भिडियो अनिल चौहानले खिचेका हुन् भने भिडियोको कथा जीवन चिमरियाले तयार पारेका हुन् । मेकअप मनिसा सुवेदी र सम्पादन विक्की शर्माले गरेका हुन् । भिडियोको निर्देशन विवेक हिङमाङले गरेका छन् । हिङमाङले तीन दर्जन बढी म्यूजिक भिडियो तथा सर्ट मूभि बनाइरसकेका छन् । उक्त भिडियो निरा फिल्म वल्र्ड यूट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको निर्देशक हिङमाङले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय