
उर्लाबारी । मोरङको उर्लाबारीमा सुरु भएको उर्लाबारी कृषि, औद्योगिक तथा पर्यटन महोत्सव २०८१ मा आज गायक तथा संगीतकार राजनराज शिवाकोटी र गायक नन्दु गुरुङको प्रस्तुति रहने छ ।
बेलुका ७ः३० बजेदेखि सांगितिक कार्यक्रम सुरु हुँदैछ । महोत्सवमा सांगितिक कार्यक्रम प्रवेश शुल्क वापत १ सय ५० रुपैयाँ तोकिएको छ । उर्लाबारी उद्योग बाणिज्य संघको आयोजनामा उर्लाबारी–४ आइतबारे स्थित उर्लाबारी नगरपालिका दक्षिण क्षेत्रमा हुने सञ्चालन भइरहेको महोत्सबको आज कोशी प्रदेश सदस्य उमाकान्त गौतमले उद्घाटन गर्नुभएको छ ।