उर्लाबारी । अरनिको हस्पिटल प्रा.लि.का अध्यक्ष लोलिम पोमुले उर्लाबारी वडा नं. ७ का एक असाहय बृद्धको निःशुल्क उपचार गरिदिनुभएको छ ।
औषधिसहित सो हस्पिटलबाट हुने सम्पूर्ण सेवा अध्यक्ष लिम्बू, डा. सन्दिप अधिकारीसहितको हस्पिटल टिमले उर्लाबारी वडा नं. ७ का ७० बर्षीय लालबहादुर लिम्बूको निःशुल्क उपचारको ब्यवस्था मिलाएको हो । खुट्टामा घाउ फैलिरहेको अवस्थामा समाजसेबी ममता राना मगरले उद्दार गरी उपचारका लागि सो हस्पिटल लैजानु भएको थियो । मगरसहित सञ्चार क्लब नेपालका पूर्वअध्यक्ष सरोज बस्नेतको समन्वयमा हस्पिटलले औषधिसहित निःशुल्क उपचारको ब्यवस्था मिलाएको छ । बृद्धको नागरिकतासमेत नरहेको र उर्लाबारी–७ मा बस्दै आएका बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय