शरिर स्वस्थ राख्न र आकर्षक शारीरिक बनोटका लागि युवतीहरुको जिम प्रति आकर्षण बढ्दैगएको छ । कतिपय शरिर सुन्दर र आकर्षक बनाउनका लागि जिम जानेगरेको पाइन्छ भने कतिपय स्वस्थ र तन्दुरुस्तका लागि जिम सेन्टर धाउने गरेका छन् । सबै उमेर समूहका लागि जिम सेन्टर सञ्चालन गरिएपनि खासगरी युवतीहरु नै जिम धाउनेगरेको पाइएको छ । मोरङ, उर्लाबारी–५ स्कुलडाँडामा रहेको फिनेक्स फिटशालामा गरिएको स्थलगत रिर्पोटिङ पछि यस्तो निश्कर्ष निकालिएको हो ।

विगतमा मिस टिन उर्लाबारीको ताज पहिरिएकी २१ वर्षिया निरुमा थापा जिम सेन्टर धाउन धाउन थालेकी छिन् । शारीरिक सु-संगठनका लागि जिम जानेगरेको बताउँदै उनले भनिन्, ‘जिम आएदेखि दिमाग र शरिर दुवैमा सकरात्मक परिवर्तन आएको छ ।’ त्यसो त निरुमालाई सुरुका दिनमा जिम गर्दा निकै गाह्रो भयो । ‘सुरुका दिनमा शरिर दुःख्ने, हातखुट्टा चलाउन गाह्रो हुने, बसेर उठन् गाह्रो हुने र हिँड्न गाह्रो हुनेगरथ्र्याे, उनले भनिन्, ‘तर जिम गर्दैगएपछि विस्तारै सुधार हुँदैगयो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय