लेटाङ नगरपालिकाका मेयर शंकर राईले लेटाङ २ का दिर्घरोगी खगेन्द्र बुर्जा मगरलाई औषधी उपचार खर्च प्रदान गर्नुभएको छ ।
बिपन्न परिबारका बुर्जाको उपचारमा सहज होस भनी आज लेटाङ नगरपालिकाको तर्फवाट उहाँले बिरामीको बुबालाई किड्नी सम्बन्धी रोगको उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण गनुभएको हो ।
बुर्जाले उपचारमा समस्या भएको भन्दै नगरपालिकामा निबेदन दिनुभएको थियो । माग निवेदनका आधारमा अति विपन्न परिवारलाई उपचार गर्न सहज होस भनि उक्त सहयोग गरिएको मेयर राईले जानकारी दिनुभयो ।
आज नगरपरिसरमा विरामीका आफन्तलाई वोलाएर उक्त रकम हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय