उर्लाबारी । नेपाल माल्टा कम्युनिटिको तिबद्धता निःस्वार्थ समाज सेवा आजको आवश्यकता भन्ने मूल नारा लिएर सन् २०१७ मा माल्टामा स्थापना भएको नेपाल माल्टा कम्युनिटिको २१ डिसेम्बर २०२० सोमबारका दिन एल्क्जेन्डर होटल माल्टाको स सेन्जुलिएन मा भएको साधारण सभाबाट अध्यक्षमा नविन गिरी सर्वसम्मत चयन भएका छन् ।

भुवन अर्यालले संचालन गरेको सभामा संस्थाका अध्यक्ष मनिष अर्यालको सभापतित्व र प्रमुख आतिथ्यता अर्जुन केसी रहेको सम्पन्न कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधि तथा सामाजिक,बौद्धिक,तथा ब्यवसायी व्यक्तित्वहरूको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै लोकराज पौडेल ,सन्देश केसि, जे ।के शर्मा,राजु अर्याल ९बाबु ०,अर्जुन केसि,तेज बहादुर लिम्बू लगायत विभिन्न वक्ताहरूले शुभकामना मन्तव्य राखेका थिए ।
सभाको समापन गर्दै सभापति अर्याल ले आआफ्नो क्षेत्रबाट ३ बर्से लामो कार्यकाल सम्पन्न गर्न सहयोग गर्ने कार्यसमितिका पदाधिकारी, माल्टामा रहेका अन्य संघ सस्था तथा सम्पूर्ण नेपाली जनहरूमा कृतज्ञता प्रकट गरेका थिए ।

अध्यक्ष -नविन गिरी वरिष्ठ उपाध्यक्ष -भुवन अर्याल उपाध्यक्ष -रोशन गिरी उपाध्यक्ष -रोहित गौतम सचिव -शंकर पोख्रेल सह-सचिव -उपेन गिरी कोषाध्यक्ष- सत्य नारायण झा सह- कोषाध्यक्ष-राजिव दाहाल प्रवक्ता -राम प्रसाद भण्डारी युवा सम्योजक – मनोज उपाध्य खेल सम्योजक – प्रविन थापा सदस्य -लोकराज पौडेल सदस्य -बिवेक चापागाईं सदस्य -मुक्ति पुरि सदस्य -शितल बस्नेत सदस्य -कमल न्यौपाने सदस्य – दिननाथ भट्टराई सदस्य -भरत अर्याल सदस्य -सुरेन्द्र लाल दास सदस्य -सन्दीप केसी सदस्य -राजु गिरी सदस्य -कुमार खनाल सल्लाहकार संयोजक-अर्जुन केसि सल्लाहकार -राजु अर्याल (बाबु ) सल्लाहकार -तेजबहादुर लिम्बु सल्लाहकार -सन्देश केसी सल्लाहकार -जेके शर्मा सल्लाहकार – दिपक पोख्रेल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय