दमक । दुबै मृगौला बिग्रीएर उपचार गराईरहनु भएका दमक—९ निवासी लक्ष्मण खड्कालाई हङकङमा कार्यरत नेपाली दाजुभाई तथा दिदी बहिनीहरुले आर्थिक सहयोग गर्नुभएको छ ।
हङकङमा कार्यरत सुशिला देवी राईको अगुवाईमा त्यहास्थित बुगेज कम्पनीमा कार्यरत नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले नगद १ लाख ५८ हजार ५ सय रुपैंया आर्थिक सहयोग गर्नुभएको हो । हङकङबाट पठाईएको उक्त रकम उर्लाबारी नगरपालिका पूर्व मेयर तथा नेपाली कांग्रेस प्रदेस नम्बर १ का सहमहामन्त्री खड्ग फागो, उर्लाबारी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष नरबहादुर मोक्तान,युवा समाजसेवी राजन रायमाझीले संयुक्त रुपमा लक्ष्मण खड्कालाई हस्तान्तरण गर्नुभयो ।
रकम हस्तान्तरण गर्दै सहमहामन्त्रीले दुख बिराममा परेकाहरुलाई वैदेशिक रोजगारीमा जानुभएका नेपालीहरुले ठुलो गुुन लगाएको बताउनुभयो । ‘ बिदेशमा श्रम गरेर स्वदेशमा रहनुभएको दुख बिराममा पर्नुभएकाहरुको पीडालाई आफ्नै पीडा सम्झेर सहयोग गर्नुभएको छ , त्यसमा म हृदयदेखी नै स्वागत सम्मान तथा हार्दिक आभार प्रकट गर्दछु, फागोले भन्नुभयो, यो नै नेपालीहरुको पहिचान हो । सहयोगीभाव हो ।’
उहाँले सहयोग गर्नुहुने सबैमा धन्यवाद प्रकट गर्दै बिरामीको स्वास्थ्य लाभको पनि कामना गर्नुभयो । आफु मेयर हुँदा मृगौला पीडितका बिरामीहरुको लागि नगरको एम्बुलेन्स उपलब्ध गराएको बताँउदैं वडा तथा नगरलाई पनि बिरामीको सहजताको लागि सहयोग गर्न फागोले अपिल गर्नुभयो ।
बिरामीको उपचारमा सहयोग पुग्ने उदेश्यले उर्लाबारी—९ बोढरलाईनका युवाहरुले देश विदेशमा सहयोगको अपिल गरेपछि सहयोग जुटिरहेको छ । जसमा टेकबहादुर राई‘प्रजल’,बुद्ध लिम्बु, राजन रायमाझी,अशोक निरौला,श्याम सेरेङ, पुजन सुब्बा, योगेश प्याकुरेल, पूर्ण दाहाल,प्रेमसिंह खड्का, डम्बर राई निरन्तर रुपमा सहयोगको लागि जुटिरहनुभएको छ । हस्तान्तरण कार्यक्रममा उहाँहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सन्चालन पत्रकार तेजन खड्काले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय