उर्लाबारी । उर्लाबारी नगरपालिकाले डेङ्गु रोगको संक्रमणबाट जोगिन नगरबासीलाई अपिल गरेको छ ।
आज उर्लाबारी नगरपालिका स्वास्थ्य शाखाले सूचना जारी गर्दै डेङ्गु रोगको संक्रमणबाट जोगिन नगरबासीलाई अपिल गरेको हो । एक्कासी उच्च ज्वरो आउने, मांशपेशी, टाउको दुख्ने, थकान महसुस हुने वा वान्ता हुने जस्ता लक्षण देखिएमा डेङ्गु रोगको संक्रमण हुन सक्छ, डेङ्गु रोग लाग्नबाट बच्ने सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु भएको सूचनामा उल्लेख छ । त्यसैले झुलभित्र मात्र सुत्ने गरौं, लामखुट्टे भगाउने धुप वा लिक्विडको प्रयोग गरौं, पूरा बाहुला भएको शरीर ढाक्ने लुगा लगाऔं, लामखुट्टेको बृद्धि, विकास रोक्न घर, कार्यालय, सार्वजनिक स्थान वरपर रहेका खाल्डाखुल्डीहरुमा पानी जम्न नदिऔं, घर आँगन र कार्यस्थल वरपर नियमित सफा राखौं, पानी जमेका टिनका डब्बाहरु, रंगका खाली डब्बाहरु, थोत्रा टायरहरु, प्लाष्टिकका बोटल, अल्कत्रा वा मटितेलका खाली ड्रमहरु, फूलदानी, गमला, कलश आदिमा जमेको पानीलाई तुरुन्तै पोखौं र पानी जम्न नदिन पनि सबैमा आग्रह गरिएको छ । डेङ्गु रोग रोकथाम तथा नियन्त्रण गर्ने उपायहरु अवलम्बन गर्नु गराउनु हुन सम्पूर्ण नगरबासी अपिल गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!