उर्लाबारी । उर्लाबारी जेसीज २०२३ को अध्यक्षमा सीताराम ओझा सर्वसम्मत चयन हुनुभएको छ ।
आज सम्पन्न मनोनयन दर्तामा अध्यक्ष पदमा ओझाको मात्र उम्मेद्वारी परेपछि उहाँ सर्वसम्मत चयन हुनुभएको हो । यस्तै, कार्यकारिणी उपाध्यक्षमा भूपाल काफ्ले र सनम श्रेष्ठ, उपाध्यक्षमा पोषण आचार्य, लक्ष्मण दाहाल, साजन कुँवर, फुर्वा तामाङ र जनसम्पर्क अधिकारीमा रक्षा पौडेल सुवेदी सर्वसम्मत चयन हुनुभएको जनाइएको छ । कार्यकारिणी उपाध्यक्षमा तीन जनाको उम्मेद्वार परेपनि तीब्र दबाबपछि निशान भट्टराईले दाबी छोड्नुभयो । त्यसपछि भूपाल काफ्ले र सनम श्रेष्ठ कार्यकारिणी उपाध्यक्ष हुनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय