उर्लाबारी । नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ को बैठक आज मोरङको उर्लाबारीमा सम्पन्न भएको छ ।
क्षेत्रीय सभापति खड्ग फागोको सभापतित्वमा सो बैठक भएको हो । बैठकले क्षेत्रीय अधिवेशन भब्य र सभ्य तरिकाले सम्पन्न गर्ने, पार्टीका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनु भएकोमा बधाई तथा शुभकामना ज्ञापन गर्दै हरेक नेपालीलाई कोरोना खोप प्रदानका लागि अनुरोध गर्ने र एमालेसँग मिलेर विज्ञप्ति प्रकाशन गर्ने कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरुलाई कार्वाही गर्न वडासभापतिहरुले पठाएको पत्रलाई प्रक्रिया अघि बढाउने निर्णय भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय