उर्लाबारी । मोरङको उर्लाबारी–६ का युवा संचारकर्मी किसोरकुमार श्रेष्ठले वडा सदस्यमा उम्मेद्वारी बन्ने घोषणा गर्नुभएको छ ।
युवा मन मिडिया प्रा.लि.द्धारा युवा मन युट्यूव सञ्चालन गर्दै आउनु भएका श्रेष्ठले स्वतन्त्र सदस्य पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको हो । नेपाली कांग्रेस र एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले जनअपेक्षाका कामहरु गर्न नसकेको निष्कर्षसहित उहाँले उम्मेद्वारी घोषणा गर्नुभएको छ । ‘सामान्य जनताको कुरा कसैले सम्बन्धित निकायसम्म पु¥याउन सक्नुभएन’ उहाँले भन्नुभयो–‘तीनै ब्यक्तिहरुको प्रतिनिधित्व मेरो उम्मेद्वारी हो ।’ आफ्नो उम्मेद्वारी बागेनिङका लागि नभई उर्लाबारी वडा नं. ६ का समग्र जनताका लागि भएको उहाँको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय