उर्लाबारी । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उर्लाबारी नगरपालिकामा नेकपा एमालेका उम्मेद्वारलाई विजयी गराउन विद्यार्थी अनेरास्वबियु परिचालित भएको छ ।

 

आज नगरस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरी आजैदेखी वडा वडामा अनेरास्वबियुका विद्यार्थी परिचालित भएका हुन् । अनेरास्वबियु मोरङ जिल्ला कमिटी उपाध्यक्ष हेमन सुब्बाको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । अनेरास्वबियुका विद्यार्थीहरुले वडा वडामा गएर एमाले उम्मेद्वारलाई विजयी गराउन आह्वान गर्नुका साथैँ मतदाता शिक्षा समेत दिने अनेरास्वबियु नगर कमिटी अध्यक्ष भुवन मंग्रातीले जानकारी दिनुभयो । वडा वडामा गएर अनेरास्वबियुका विद्यार्थीहरुले एमाले उम्मेद्वारको पक्षमा प्रचार गर्ने मंग्रातीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय