मधुमल्ला । संस्कारसहितको शिक्षा मिक्लाजुङको इच्छा भन्ने मुल नाराका साथ मोरङको मिक्लाजुङ गाउँपालिकाको आयोजनामा ६ दिन ५ रातको आधारभूत स्काउट तालिम सकिएको छ ।
मिक्लाजुङ गाउँपालिकाको आयोजना तथा नेपाल स्काउट प्रदेश नं. १ को समन्वय र नेपाल स्काउट केन्द्रीय कार्यालय काठमाडौंको प्राबिधिक सहयोगमा सो तालिम भएको हो । तालिममा मिक्लाजुङका १८ वटा संस्थागत र सामुदायिक विद्यालयका एक पुरुष र एक महिला शिक्षक गरी ३६ जनाको सहभागिता रहेको थियो । मिक्लाजुङ गाउँपालिका वडा नं. ३ मा रहेको कालिका सामुदायिक माविमा सञ्चालन भएको तालिमको शनिबार मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबीकुमार राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । आधारभूत स्काउट तालिमले मिक्लाजुङ गाउँपालिकाको संस्कारसहितको शिक्षाको विकासमा थप सहयोग पु¥याउने अध्यक्ष राईको भनाई छ । मिक्लाजुङ स्काउट प्रमुख तथा मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष दिनेश पौडेललगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय