उर्लाबारी । यस बर्षको एसईईमा नेपालभरीमै ४२ जनाले ४ जिपिए ल्याए । सोही सूचीमा उर्लाबारी–७ को पशुपति आमाबि पनि परेको छ । पशुपतिका आदर्श भट्टराईले ४ जिपिए ल्याए ।
भट्टराईमात्र होइन पशुपतिका अधिकांश विद्यार्थीले राम्रो अंक ल्याएर उर्तिण बने ।

एसईईमा उत्कृष्ट नतिजा ल्याएको पशुपतिले यसै सत्रबाट कक्षा ११ सञ्चालन गरेको छ । कक्षा ११ मा पनि उत्कृष्ट नतिजा ल्याउने प्रयास गरिने प्रबन्धक निर्देशक आनन्द कार्कीले जानकारी दिनुभयो । गुणस्तरिय शिक्षा पहिलो सर्त भएको बताउँदै विद्यार्थीहरुको मेहेनतका कारण पशुपति आमाबि सफलताको खुड्किलोमा चढ्न सफल बनेको उहाँको भनाई छ । विद्यालयलले ब्यवस्थापन, विज्ञान र कानुन विषयमा कक्षा ११ सञ्चालन गरेको छ । प्रवेश परीक्षामा २ सय भन्दा बढीको सहभागिता रहेको थियो । पहिलो सत्रमा नै विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको संस्थापक विजय कार्कीले जानकारी दिनुभयो । सिमित सिटमा भर्ना खोलेको विद्यालयमा विद्यार्थीको आकर्षण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय