उर्लाबारी । मिरा राई फाउण्डेशनका कोषाध्यक्ष नुतन राईको नेतृत्वमा धरानमा २ सय वटा विरुवा रोपिएको छ ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको अभियानलाई सार्थक बनाउन फाउण्डेशनले आज २ सय वटा विभिन्न प्रजातिका विरुवा रोपेको हो । फाउण्डेशनका सदस्य तथा शुभेच्छुकसहित सयौं संख्यामा उपस्थितहरुले धरान–१३ को विपी पार्क तथा ओशो ध्यान केन्द्रको माथिल्लो भागमा अमला, सिरिस, सतिसाल, जामुन, कपुर र मसलाका विरुवा रोपिएको कोषाध्यक्ष राईको भनाई छ । विरुवा रोप्ने कार्यक्रममा मेयर साम्पाङ, फाउण्डेशनका उपाध्यक्ष हंसराज राई। सहसचिब विजेन्द्र हङ्माङ, युवा ब्यवसायी प्रभु राई, सञ्चारकर्मी दिपक बास्तोलालगायत युवाहरूको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय