उर्लाबारी, सुदर्शन बचत तथा ऋण सहकारी संस्था लि. उर्लाबारीले आगलागीबाट सर्वस्व गुमाएका मोरङ मधुमल्लाका एकजना व्यवसायीलाई आर्थिक सहयोग गरेको छ । मिक्लाजुङ गाउँपालिका – ९ मधुमल्ला बस्ने रन्जित साहलाई सुदर्शन सहकारीका तर्फबाट कार्यकारी प्रमुख थरेन्द्रराज पौडेल, लेखा सदस्य सचिनकुमार गुप्ता रौनियार र आर्थिक प्रशासन प्रमुख नरेन सेर्माले नगद बीस हजार प्रदान गरेका छन् ।

संस्थाका शेयर सदस्यसमेत रहेका साहलाई कल्याणकारी राहत योजना अन्तर्गत नगद उपलब्ध गराइएको सहकारीका कार्यकारी प्रमुख पौडेलले जानकारी दिए । आइतबार घटनास्थलमै पुगेर पीडितलाई सान्तवना दिदै आगलागीबाट धनमालको क्षति भएकोप्रति संस्थाका तर्फबाट दुःख प्रकट गरिएको पौडेलले जनाउनुभयो । प्रतिकुल अवस्थाको सामना गरी अघि बढ्नपनि साहलाई सुदर्शन सहकारीले एक पत्रमार्फत शुभेच्छा प्रकट गरेको थियो । गत भदौ ३१ गते साहको घरमा रहेको मोटरसाईकल ग्यारेजमा विद्युत सर्ट भई आगलागी हुँदा घर, मर्मतका लागि राखिएका मोटरसाइकल, पार्ट्सहरु, लत्ताकपडा, अन्नपात, फर्निचर लगायतका सामानहरु जलेर नष्ट भएका थिए । आगलागीबाट करिब ५० लाख रूपैयाँ बराबरको धनमाल क्षति भएको जनाइएको छ । सामुदायिक विकासका अलवा मानवीय सेवामा सुदर्शन सहकारीले उल्लेखनीय सेवा पुर्याउदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय