उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाले बजार अनुगमन थालेको छ । बिहीबार नगरपालिकाले मंगलबारेका किराना, खाद्यान्न, होटल तथा मिठाइ पसलमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा उपभोग्य मिति सकिएका केही खाद्य बस्तु फेला पारेर त्यस्ता वस्तु नबेच्न सचेत गराइएको छ । अनुगमनमा नगर उपप्रमुख मीना खतिवडा पौडेलसहित नगरपालिकाका अधिकृत मुरारीप्रसाद घिमिरे, अधिकृत भरत अधिकारी, इलाका प्रशासन कार्यालय उर्लाबारीका अधिकृत किशोर आचार्य, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी नायव निरीक्षक टेकबहादुर श्रेष्ठ, उर्लाबारी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष यमलाल रसाइली, सञ्चार क्लब नेपालका अध्यक्ष नवराज भट्टराई, नगर प्रहरी प्रमुख यामबहादुर कार्कीलगायतको सहभागिता रहेको थियो । उर्लाबारी नगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ । शुक्रबार उर्लाबारी बजारमा अनुगमन गर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय