उर्लाबारी । २०५५ सालमा मोरङको उर्लाबारीमा स्थापित सामुदायिक विकास मञ्चले बार्षिक साधारणसभाको अवसरमा पूर्वी कमाण्ड अनलाइनका पत्रकार सरोज बस्नेतलाई सम्मान गरेको छ ।
उर्लाबारी–६ मा रहेको मञ्चको ९ औं चुनाबी तथा २५ औं बार्षिक साधारणसभामा पत्रकार बस्नेतलाई सम्मान गरेको हो । प्रशंसापत्रसहित दोसल्ला ओढाएर बस्नेतलाई सम्मान गरिएको छ । सञ्चार क्लब नेपालको पूर्वअध्यक्षसमेत रहनुभएका बस्नेत पूर्वी कमाण्ड मिडिया प्रा.लि.को अध्यक्ष तथा अलकापुरी नेपाल साप्ताहिकको कार्यकारी सम्पादक रहनु भएको छ । सोही अवसरमा ओएस नेपालका पत्रकार लोकनाथ रिजाललाई पनि सम्मान गरिएको छ । स्वम्सेवकलगायतलाई पनि प्रशंसा पत्र वितरण गरियो । उर्लाबारी वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि पौडेलको प्रमुख आतिथ्यता एबं संस्थाका अध्यक्ष डुण्डुराज न्यौपानेको सभापतित्मा भएको उक्त कार्यक्रममा संस्थाका सल्लाहकार सिताराम ओझा, पुन्ना नेपाललगायतले बोल्नुभएको थियो । सचिब प्रेम बोहोराले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय