उर्लाबारी, उर्लाबारी ६ स्थित राधिका माविका स्काउटमा आवद्ध छात्रछात्राहरुलाई दिक्षान्त समारोह आयोजना गरी सुशोभन गरिएको छ । शुक्रबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा उर्लाबारी नगरपालिकाकी उपमेयर मीना खतिवडा पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुमार पोख्रेलको अध्यक्षता रहेको थियो । कार्यक्रममा उपमेयर पौडेलले बिग्रँदो समाजलाई मर्यादित बनाउन स्काउटको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले हामी सबैले समाजमा रहेको विकृति हटाउन जरुरी रहेको र त्यस कार्यका लागि स्काउट अग्रसर हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँले स्काउटको भूमिका बालबालिकाप्रति सकारात्मक रहेकोसमेत बताउनुभयो ।
उपमेयर पौडेलले राधिका माविको स्काउटमा दिक्षित ५० जना छात्रछात्रालाई सुशोभन गर्नुभएको थियो भने स्काउटकी उर्लाबारी नगर संयोजक कविता खनालले पद तथा गोपनियताको सपथग्रहण गराउनुभएको थियो । कार्यक्रममा स्काउटका दमक नगर संयोजक ओमप्रसाद आचार्य, प्रदेश स्काउट कार्यालयका अधिकृत नवराज घिमिरे, ६ नम्बर वडा सदस्य दुर्गावति लिम्बू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर राईलगायत अभिभावक, शिक्षकहरु, विद्यार्थीहरुको उपस्थिति रहेको थियो । शिक्षक ऋषिकेश खनालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन स्काउट लिडर सन्तोष पौडेलको रहेको थियो । कार्यक्रममा दीक्षित विद्यार्थीहरुलाइ स्काउटको नीति नियम ,अनुशासन, शारीरिक, मानसिक, वौद्धिक विकासमा स्काउटको भुमिकाका, विपद व्यवस्थापनमा स्काउटको भुमिकाका बारेमा वक्ताहरुले अवगत गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय