उर्लाबारी । उर्लाबारी जेसीजको दुई कार्यकारिणी उपाध्यक्षका लागि तीन जनाको उम्मेद्वार परेको छ ।
कार्यकारिणी उपाध्यक्षमा सनम श्रेष्ठ, भूपाल काफ्ले र निशान भट्टराईको उम्मेद्वार परेको हो । तीनै जनाले दाबी नछोडेकाले उम्मेद्वारी फिर्ता लिने समय सकिएपनि कुरा मिलेको छैन । अपरान्ह ३ः१० बजे अन्तिम नामावली प्रकाशन गर्ने सूची सार्वजनिक गरेको भएपनि कुरा नमिलेका कारण ढिलो भएको बुझिएको छ । पूर्वअध्यक्षहरुको उर्लाबारी जेसीजमा हालिमुहाली हुने गरेका कारण उर्लाबारीमा जेसीज कमजोर बन्दै गएको जानकारहरु बताउँछन् । टिके प्रथामा नेतृत्व चयन हुने गरेका कारण केही बर्षदेखि बार्षिक साधारणसभाबाहेक महत्वपूर्ण गतिबिधि हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय