उर्लाबारी, उर्लाबारी नगरपालिका कार्यालयमा ‘अफिस अटोमेशन प्रणाली’ सुरु भएको छ । कार्यालय स्वचालन प्रणाली सुरु भएसंगै अब नगरपालिकाका काम पुर्णतया डिजिटलमा हुने छ । बताइएअनुसार सेवाग्राहीका कामको लागि मूल दर्तामा कुनै कागज ‘स्क्यानिङ’ गरिने छ, अनि त्यही कागज नै अन्य शाखाका कम्प्युटरको माध्यमबाट पुर्याइ काम हुने छ । यस्तै कुनै विषयमा टिप्पणी उठाइएको छ भने त्यसलाई पनि स्क्यानिङ गरी कम्प्युटरमा राखिने छ र त्यहीबाट काम हुनेछ । सरल रुपमा भन्दा सेवाग्राहीका कागजात वा दस्तावेजलाई कागजविहीन बनाउने कार्य थालनी गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय