उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेल र उपप्रमुख मिनादेवी खतिवडा बंगलादेश प्रस्थान गर्नुभएको छ । बंगलादेशको खुल्ना शहरमा हुन लागेको ८ औँ अन्तराष्ट्रिय दिशाजन्य लेदो पदार्थ व्यवस्थापन सेमिनारमा भाग लिन उहाँहरु विहीबार बंगलादेश प्रस्थान गर्नुभएको नगरप्रमुखका स्वकीय सचिव हरि खतिवडाले जानकारी दिनुभयो ।
४ दिनसम्म चल्ने सो सेमिनारमा भाग लिने र दुवै जना फागुन १९ गते उर्लाबारी फर्कने उहाँले बताउनुभयो । नगरप्रमुख खरेल बंगलादेश प्रस्थान गरेपछि कार्यवहाक नगरप्रमुखको जिम्मेवारी उर्लाबारी वडा नं. १ का वडाध्यक्ष तिलक पाण्डेलाई प्रदान गरिएको प्रेस संयोजक मिलन के राउतले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय