उर्लाबारी । मोरङको मिक्लाजुङ–७ का देबेन्द्र पौडेल उर्लाबारी बहुमुखी क्याम्पसमा बिएड तेस्रो बर्षमा अध्ययरत रहेका छन् । उनी चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा उर्लाबारी क्याम्पस स्ववियु सचिबको उम्मेद्वार बनेका छन् । नेपाल विद्यार्थी संघबाट उनी सचिबको उम्मेद्वार बनेका हुन् ।
क्याम्पसमा अध्ययरत तमाम विद्यार्थीहरुको हकहित तथा समस्या समाधान गर्ने अठोटका साथ पौडेल सचिबको उम्मेद्वार बनेका हुन् । विद्यार्थीहरुका समस्याहरु समाधान गर्दै क्याम्पसको विकासमा पनि क्रियाशिल रहने उनको भनाई छ । पुस्तकालय, शौचालय, फर्निचरलगायतको उचित ब्यवस्थापन गर्दै प्रविधिमैत्री बनाउन जोड दिने उनले बताए । नातावाद, कृपावादको अन्त्य गर्दै छात्रबृत्ति जेहेन्दार र आर्थिक रुपमा विपन्न विद्यार्थीहरुले सहज रुपमा पाउने ब्यवस्था मिलाउन पहल गर्ने उनले बताए । क्याम्पस हाताभित्र बन्ने भौतिक संरचनाहरु अपाङ्गता मैत्री बनाउन पहल गर्दै एक विद्यार्थी एक सेट पुस्तकका लागि विशेष जोड दिने उनले बताए । क्याम्पस हाताभित्र थप सिसी क्यामेरासहित सुरक्षित वातावरणमा विद्यार्थीहरुले पढ्न पाउने वातावरण सिर्जना गर्न पहल गर्ने, आन्तरिक परीक्षा नियमित बनाउने, पार्किङ ब्यवस्थापन, क्याम्पसको शुल्कमा पुर्नविचार गर्नेलगायतका योजना उनले अघि सारेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय