उर्लाबारी । मोरङको उर्लाबारीमा रहेको अरनिको हस्पिटलले ३० प्रतिशत छुटमा स्वास्थ्य परिक्षण गर्ने भएको छ ।
अस्तपतालले आफ्नो नवौ वार्षिक उत्सवको अवसरमा सवै खाले स्वास्थ्य परिक्षणमा ३० प्रतिशत, औषधिमा ७ प्रतिशत र रक्तदान कार्यक्रम गर्न लागेको अस्पताल प्रशासनले जनाएको छ ।
स्वास्थ्य परिक्षणमा सवै सर्वसाधरणको सहज पहुच पुर्‍याउने उद्देश्यका साथ अस्पतालले नवौ वार्षिक उत्वसवको अवसरमा सर्वसाधरणहरुका लागि विशेष स्वास्थ्य परिक्षण गराउने हेतुले जेठ १५ गते विशेष कार्यक्रमको आयोजना गर्न लागेको अस्पतालका अध्यक्ष लोलिम पोमु लिम्वुले बताउनु भयो।
पुर्वी मोरङमा निजी क्षेत्रका अन्य अस्पतालहरु भन्दा अग्रणी स्थानमा रहेर सेवा दिदै आएको यस अस्पतालले स्वास्थ्य विमा कार्यक्रम पनि संचालन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय