उर्लाबारी । १६ औं गणतन्त्र दिवसको अवसरमा मोरङको उर्लाबारीमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ ।
मैथिली समाज सेवा समिति उर्लाबारीले आज आफ्नै भवनमा राष्ट्रिय झण्डा राख्ने र शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । ठूलो बलिदानबाट मुलुकमा गणतन्त्र स्थापना भएको भन्दै समाजका अध्यक्ष पवन चौधरीले अझै गणतन्त्रलाई संस्थागत नभएको बताउनुभयो ।
संस्थाका सह–सचिब सुजित सिंह राजपुतले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने मैथिली समाजका उपाध्यक्ष दशरथ यादब (बेचन), सचिब रामनरेश मरिता, अग्रज चण्डेश्वर भगतलगायतको उपस्थिति रहेको थियो । समाजको भवन उर्लाबारी वडा नं. ७ मा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय