दिपेन्द्रबहादुर विश्वकर्मा
उर्लाबारी । मोरङको उर्लाबारीमा प्रभात बस्यालको लागि न्याय मान्दै उर्लाबारीका सचेत युवाले आज मोटरसाइकल ¥याली गरेका छन् ।
उर्लाबारी–३ मंगलबारेदेखि दमकसम्म निकालिएको ¥यालीमा युवाहरुको सक्रिय सहभागी रहेको थियो । युवा विपिन कोइरालाका अनुसार लिङ्ग, बर्ग, जात, आदि इत्यादि । कुनै पनि नागरिकमा कुनै पनि दृष्टिले भेदभाव सिर्जना हुने तरिकाले कसैलाई अन्यायमा पार्नु गलत रहेको र न्यायलयलाई खबरदारी गर्दै निर्दोेष माथी अन्याय हुनबाट जोगाउने रहेको छ । बागलुङका २३ बर्षीय प्रभात बस्याल र प्रीति घिमिरे २ वर्षदेखि प्रेम सम्बन्धमा थिए । उनीहरु परिवारलाई थाहा नै नदिई भागी बिवाह गरेर भारत गएका थिए । यस बीचमा घरपरिवारले स्वीकार गर्नेछौं भनेर झुठो आश देखाएर उनीहरुलाई घरमा बोलाए । उनीहरु नेपालमा आफ्नै घरमा फर्किएपछि प्रभातलाई केटी पक्षबाट अपहरण र बलात्कारको मुद्दा दर्ता गरे । अहिले प्रभात बेनि पुलिस चौकीमा हिरासतमा रहेका छन् । यस विषयमा संसदमा समेत उठान भएको थियो । उक्त घटनाको घोर बिरोध गर्दै देशका विभिन्न ठाउँमा आन्दोलन सुरु भएको छ ।

https://www.youtube.com/watch?v=QZyrBE7_n4M&t=5352s

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय