उर्लाबारी । मोरङको उर्लाबारी–७ स्थित नमूना बाल गृह बर्षाको समयमा डुबान हुने गरेको थियो । त्यो जानकारी पाउन साथ नेपाली कांग्रेस उर्लाबारीका सभापति सुरेन्द्र लिम्बूले बाल गृहमा आवश्यक पूराईका लागि सहयोग गर्नुभएको छ ।
पूराईका लागि चाहिने सम्पूर्ण सामाग्री लिम्बूले दिने हुनुभएको छ । बर्षाको समयमा आगामी दिनमा डुबान नहोस् भन्ने हेतुले आवश्यक सहयोग गरेको उहाँले जानकारी दिनुभयो । बाल गृहकी अध्यक्ष मिनादेवी बरालले सहयोगीदाता लिम्बूप्रति आभार एबं धन्यवाद प्रकट गर्नुभयो । सभापति लिम्बूले उर्लाबारीका हरेक सामाजिक कार्यमा सहयोग गर्दै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय