पुजद दास

उर्लाबारी । पूर्वी मोरङका पत्रकारहरुको साझा संस्था सञ्चार क्लब नेपालको भवन निर्माण गर्न पहल थालिएको छ ।
उर्लाबारी नगरपालिका वडा नं. ६ मा रहेको क्लबको कार्यालयमा घेराबारा भइसकेकाले
भवन निर्माणका लागि पहल थालिएको हो । उर्लाबारी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि पौडेल, वडा सदस्य बमबहादुर श्रेष्ठसहित सञ्चार क्लबका टिम पुगेर स्थलगत निरीक्षण गर्दै उर्लाबारी नगरपालिका र प्रदेश सरकारमा योजना माग गर्ने बिषयमा छलफल भएको छ ।
उर्लाबारी नगरपालिकाको २० लाख बजेटले घेराबारा गरिएको र भवन निर्माणका लागि पहल थालेको क्लबका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार भवन निर्माण समिति बनाएर चाँडै काम अघि बढाइने छ । वडाध्यक्ष पौडेलले पनि पत्रकारहरुका लागि भवन आवश्यक रहेकाले नगरपालिकामा आफुले पहलकदमी गर्ने बताउनुभयो । सञ्चार क्लब नेपालका संस्थापक अध्यक्ष दुर्गाप्रसाद खतिवडा, पूर्वअध्यक्षहरु जगन्नाथ भट्टराई, घनश्याम भण्डारी, नवराज भट्टराई, उपाध्यक्ष सुमन घिमिरे, महासचिब तिलक नेपाललगायतको उपस्थिति रहेको थियो । उर्लाबारी वडा नं. ६ मा सहयोगीदाताहरुले दिएको ६ कट्ठा जग्गामा भवन निर्माणका लागि डिपिआर तयार भइसकेको छ । क्लबको कार्यालय उर्लाबारी वडा नं. ७ को उर्लाबारी परोपकार सेवा केन्द्रको भवनसँगै रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय