मोरङ । मोरङको उत्तरी भेगमा रहेको लेटांगमा कम्युनिष्ट पार्टीका जन्मदाता रामबिनोद सिंहको निधन भएको छ । लामो समय देखि आन्द्राको क्यान्सरबाट पिडित सिंहको मंगलबार बेलुका ८ बजे आफ्नै निवास लेटांगमा निधन भएको हो ।
करीब ९ महिना देखि क्यान्सरको उपचारमा रहेका सिंहको ७१ बर्षको उमेरमा निधन भएको हो । २०२९ सालमा बिरगंजबाट बसाइसरी लेटांगमा आइ स्थायी बसोबास गर्दै आएका रामबिनोद सिंह कम्युनिष्ट आन्दोलनका अगुवा थिए । स्वर्गीय सिंहले लेटांगमा भुमिगत कालदेखि नै कम्युनिष्ट पार्टीको स्थापना गर्नका लागी महत्वपूर्ण भूमिका रहेको थियो र सिंहको निधनले लेटांगमा कम्युनिष्ट पार्टीको अभिभावक गुमाएको या कम्युनिष्ट आन्दोलनमा अपुरणीय क्षती भएको र हाम्रो अभिभावक यस उत्तरी बेल्टको उज्यालो बत्ती निभेको छ नेकपाकी नेत्री शान्ति पाख्रीनले बताइन ।
स्वर्गीय सिंह प्रति मंसिर ३ गते नेकपाका १ नम्बर प्रदेश कमिटीका अधक्ष्य देवराज घिमिरेद्वारा अन्तिम श्रद्वान्जली अर्पणगरी बजार परिक्रममा गरी स्थानीय चिसांग खोलामा दाहा संस्कार गरीने नेकपा लेटांग नगरकमीटीले जानकारी दिएको छ । अहेवको पढाइ गरेका रामबिनोद सिंहले लामो समयदेखि लेटांगमा मेडिकल संचालन गर्दै आएका थिए भने उनका श्रीमती आयुर्वेदिक क्षेत्रको स्वास्थ्य सेवामा कार्यरत छिन र एक छोरा एमबिबिएस डाक्टर छन् । त्यस्तै, संघीय सांसद घनश्याम खतिवडाले पनि सिंहको निधनप्रति दुख ब्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय