दिपेन्द्रबहादुर बराइली
बेलबारी । मोरङको बेलबारीमा आज नेपाल दलित मुक्ति मोर्चा मोरङ जिल्ला समन्वय समितिले अन्तर जातीय विवाह सम्मान तथा नयाँ संस्कृति निर्माण वहस कार्यक्रम सम्पन्न गरेको छ ।
मोर्चा मोरङ अध्यक्ष गोपाल नेपालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव हरिवोल गजुरेलको प्रमुख अतिथ्यता रहेको थियो । विशिष्ट अतिथिहरुमा संविधानसभा सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघ नेपाल केन्द्रीय अध्यक्ष विनोद पहाडी, नेकपा माओवादी केन्द्र प्रदेश सहइन्चार्ज सावित्री कुमार काफ्ले (समर) , नेकपा माओवादी केन्द्र जिल्ला इन्चार्ज कुलप्रसाद साब्बा ( कुशल ) लगायतको उपस्तिथि रहेको थियो ।
जातिय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ पारीत भएको १४ वर्ष पुगेको अवसरमा सांस्कृतिक परिवर्तनका निम्ति जातीय विभेदले पिल्सिएको समाजलाई सचेत गराउन महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै मोरङ, झापा, सुनसरी, धनकुटा लगायतका अन्य केहि जिल्लाहरुका अन्तरजातीय विवाह गरेका १६ जोडीहरुलाई सम्मान पत्र प्रदान गरिएको छ ।
अध्यक्ष नेपालीले २१ औं शताब्दीको वर्तमान समाजमा विभिन्न प्रकारका प्रत्यक्ष अप्रत्यक्ष जातीय विभेद वृद्धि भएको अवस्थामा आम दलित, गैरदलित नागरिकलाई सचेत गराउन र बढ्दो विभेद मध्ये अन्तरजातीय विभेद बढी रहेको हुनाले यसको न्यूनीकरणका निम्ति आज अन्तर जातीय विवाह गर्ने जोडीहरुलाई सम्मान गरि नयाँ सन्देश प्रवाह गरेको बताउनुभयो ।
त्यस्तै सोही कार्यक्रममा विभिन्न वक्ताहरु, कार्यक्रमका प्रमुख अतिथि, विशिस्ट अतिथिहरु, अतिथिहरुले जातीय विभेदकाका समसामयिक समस्याका, न्यूनीकरण तथा सावधानका उपाय चुनौती सामना, राज्यका नियम कानुन निति नियम जस्ता बिषयमा खुल्ला रुपमा गम्भीर बहस समेत चलेको थियो । उक्त कार्यक्रम नेपाल दलित मुक्ति मोर्चाका मोरङ जिल्ला समिति सचिव राजकुमार तिरुवाले संचालन गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय