
उर्लाबारी । इलाका प्रहरी कार्यालय उर्लाबारीमा सर्पका बारेमा अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
सर्प उद्दारकर्ताहरु देव राई, सागर मास्के, रमेश भण्डारीसहितको टोलीले सर्पका बारेमा जानकारी गराउनुको साथै सर्पको डसाईबाट बच्ने उपायका बारेमा जानकारी दिनुभएको हो । विगत ९ बर्षदेखि सर्प उद्दार गर्दै आउनुभएका तीनै जनाले गर्मीयाममा सर्पको सक्रियता बढ्ने भएकाले सतर्कता अपनाउन सुझाव दिनुभएको छ । अभिमुखिकरण कार्यक्रममा इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासलगायतको प्रहरी टिमको उपस्थिति रहेको थियो ।