उर्लाबारी । मिस एसईई २०२४ का प्रतियोगीहरुले रतुवामाई नगरपालिकाका नगरप्रमुख नागेश्वरप्रसाद सिंहसँग भेटघाट गरेका छन् ।
स्थानीय सरकारको भूमिका र जनताका अपेक्षालगायत विषयमा मिस एसईई २०२४ का प्रतियोगीहरुले नगरप्रमुख सिंहसँग छलफल गरिएको ब्यवस्थापक प्रमुख जीवन चिमरियाले जानकारी दिनुभयो । नगरप्रमुख सिंहले मिस एसईई २०२४ मा सहभागीहरुलाई सफलताको शुभकामनासहित रतुवामाई नगरपालिकाले गरेका गतिबिधिका बारेमा जानकारी दिनुभएको छ । असार १ गते उर्लाबारी–७ स्थित उर्लाबारी पाटी प्यालेसमा फाइनल राउण्ड हुँदैछ । प्रतियोगितामा कोशी प्रदेशका ११ जना फाइनल राउण्डका लागि छानिएका छन् । फाइनल राउण्डका लागि छनौट भएका ११ जनालाई कृति भट्टराई र सहिमा अग्रवालले सहजीकरण गरिरहेको आयोजक ब्लूम डिजिटल स्टुडियो उर्लाबारीका सञ्चालक सुदिप भट्टराईले जानकारी दिनुभयो । सेन्ट्रल फेशन हव उर्लाबारीको ब्यवस्थापनमा उक्त प्रतियोगिता आयोजना गरिएको आयोजकका सुदिप श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय