संखुवासभा, संखुवासभाको चिचिला गाउँपालिका-३ स्थितमा पहिरोले पुरिएर १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन । जेष्ठ ३० गते राती परेको अरिवल बर्षाको कारण चिचिला-३ स्थितमा रहेको अरुण तेस्रो जलबिद्युत आयोजनाको कामदार बस्ने १४ वटा कोठा मध्ये ३ वटा कोठा पहिरोले बगाउदा कोठामा सुतिरहेका कामदार वर्दियाको बारा वर्दिया नगरपालिका-४ का २१ बर्षीय गंगाराम थारुको पहिरोमा परिएर मृत्यु भएको छ ।
उक्त पहिरोमा परी वर्दिया बारा नगरपालिका ३४ बर्षीय गोविन्द थारु, मकवानपुरका २७ बर्षीय उमेश कार्की र संखुवासभा चैनपुरका ३५ बर्षीय गोपाल तामाङ घाईते भएका छन । घाईतेहरुको सामान्य उपचार पश्चात काममा फर्की सकेका छन भने घटना स्थलमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी अधिकृत सहितको टोली खटि मृतक लाशको कानुनि प्रकृया पुरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल खाँदबारी पठाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय