पथरी,पथरीशनिश्चरे नगरपालिका वडा नं. ७ मा अवस्थित किर्तिपुर बजारमा आज सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
नगरपालिकाले नगरपालिकाप्रति चासो, गुनासो, विभिन्न विषयमा प्रश्न र सुझाव लिने उद्देश्यले आयोजना गरेको सो सार्वजानिक सुनुवाई कार्यक्रमको सहजीकरण भुल्के मिडिया प्रा.लि.पथरीले गरेको हो । कार्यक्रमको सुरुवातमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशि राईले नगरको योजना तथा कार्यक्रमहरुको बारेमा विस्तृत जानकारी गराउनुभएको थियो ।
त्यसपश्चात् नागरिकहरुले आफ्नो गुनासो, प्रतिक्रिया र सुझावहरू सहित हाकाहाकी बहस गरिएको थियो । नागरिकहरूबाट प्राप्त भएका गुनासोहरूको सम्बोधन विषयगत कार्यालयको तर्फबाट जवाफदेही नगर प्रमुख मोहन प्रसाद तुम्वापो, प्रमुख प्रशासकीय अधिकृत शशि राई, कर्मचारी लुकनाथ पोखरेल र गिता कट्टेललेले दिनुभएको थियो ।
वडा नं. ७ का अध्यक्ष उद्धवराज बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा नं. १ का अध्यक्ष भीम राई, वडा नं. ५ का चेतन खड्का, प्रहरीका प्रतिनिधि, वडा सदस्य तथा कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय