
उर्लाबारी । धिमाल समुदायको मुख्य पर्व जात्रीको समापनको अवसरमा उर्लाबारी नगरपालिकाले स्थानीय विदा दिएको छ ।
धिमाल जातिलाई पहिलो नागरिक घोषणा गरेको उर्लाबारी नगरपालिकाले असार २ गते स्थानीय बिदा दिएको हो । उर्लाबारी नगरपालिकाका प्रशासकीय अधिकृत मुरारी घिमिरेले एक सूचना जारी गरि जात्रीको अवसरमा सार्वजनिक बिदा दिइएको जनाएका हुन् ।