मधुमल्ला । मोरङको मिक्जालुङमा ‘मिक्लाजुङ साहित्य दर्पण पुस्तक’ विमोचन गरिएको छ ।
मिक्लाजुङ साहित्य समाजको आयोजनामा पुस्तक विमोचन कार्यक्रम गरिएको हो । मिक्लाजुङ गाउँपालिका वडा नं. (मा रहेको मधुमल्ला पार्टी प्यालेसमा गाउँपालिका अध्यक्ष बबीकुमार राईले पुस्तकको बिमोचन गर्नुभएको छ । मिक्लाजुङ गाउँपालिकाको सहयोगमा मिक्लाजुङ साहित्य समाजले मिक्लाजुङ साहित्य दर्पण पुस्तक प्रकाशन गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका अध्यक्ष राईले मिक्लाजुङ साहित्य दर्पणले मिक्लाजुङ गाउँपालिका क्षेत्रमा रहेका स्रष्टा तथा सर्जकहरूको कथा, कविता, मुक्तक र परिचय समावेश गरेर पुस्तक प्रकाशन गरेकोप्रति मिक्लाजुङको गौरब बढाएको बताउनुभयो । उहाँले साहित्य क्षेत्रको उत्थान र विकासमा पालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गाउँपालिकाका उपाध्यक्ष दिनेश पौडेलले मिक्लाजुङमा पहिलो पटक मिक्लाजुङलाई केन्द्रीत गरेर पुस्तक प्रकाशन गरिएको र यो पुस्तक ऐतिहासिक पुस्तक भएको बताउनुभयो ।
पुस्तकमा ६५ जना कवि तथा खेलकह?को लेख रचना समावेश गरिएको छ । कार्यक्रममा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष पर्वत राई, साहित्कार कृष्ण उदासी, कवि हेमन यात्रीलगायतले बोल्नुभएको थियो । कार्यक्रममा कवि तथा श्रष्टाहरूका कविता तथा गजलहरू वाचन गर्नुभएको थियो । मिक्लाजुङ साहित्य समाजका अध्यक्ष गगन योपाङदेनको सभापतित्व एबं सचिव चन्द्र नेपालीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय